राजनीति
नेपाली दूतावास पुगेर भारतका रक्षामन्त्रीले भने- सुख दुःखको साथी हौं, उद्धारमा सघाउँछौं
१५ भदौ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै सिंहले भारत सरकार र भारतीय जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली नागरिकप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्। भदौ १० गते आएको […]
बाढीपीडितलाई एमालेले कम्तीमा एक करोड २० लाख राहत दिन्छ : केपी शर्मा ओली
१५ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपीडितका लागि पार्टीले कम्तीमा १ करोड २० लाख रुपैयाँ जुटाएर सहयोग गर्ने बताएका छन्। सोमबार एमाले राजधानी प्रदेश कमिटीबाट प्राप्त राहत सामग्री तथा सहयोग बुझ्दै अध्यक्ष ओलीले उक्त रकम संकलन गरी पीडितका लागि खर्च गर्ने बताएका हुन्। ‘राजधानी र बागमती प्रदेशले १०/१० लाख गरी २० […]
विपत्ति सरकारलाई मात्र होइन, सबै एकजुट बनौं : सांसद राई
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले नागरिकमा सरकारप्रतिको विश्वास कायम गर्न संसद् सञ्चालनमा ल्याउन आवश्यक रहेको बताएका छन्। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राईले बाढी प्रभावितहरूको व्यवस्थापन तथा पुनर्स्थापनालगायतका विषयमा छलफल गर्न संसद् सुचारु हुनुपर्ने बताएका हुन्। उनले संसद् सञ्चालन गरी राहत वितरण, खोज तथा उद्धार, पुनःस्थापना र […]
प्रदेश र स्थानीय तहसँग समन्वय गर्न कांग्रेसको आग्रह
१५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गर्न सरकारलाई आग्रह गरेको छ। सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले बाढी प्रभावित क्षेत्रमा तीनै तहका सरकारबीच समन्वयात्मक ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याएको हो। बैठकमा […]
कोशी प्रदेशका मन्त्रीलाई प्रश्न : ‘फोकटको सल्लाह’दिने सचिवलाई रसुवा सरुवा गर्दा तपाईं किन आक्रोशित ?
विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना सचिव कोशहरि निरौलाले रसुवाको भोटेकोशीमा आएको बाढीपछि शव व्यवस्थापनमा मानवीय संवेदना र संस्कारको ख्याल गर्नुपर्ने भन्दै फेसबुकमा ‘फोकटको सल्लाह’ दिए । यसको भोलिपल्टै संघीय सरकारले उनलाई रसुवाको टिमुरे क्षेत्रमा शव व्यवस्थापनकै कमाण्ड सम्हाल्न काज सरुवा गरिदियो । यसै विषयमा कोशी प्रदेशका आर्थिक मामिला मन्त्री विदुरकुमार लिङ्थेपले आक्रोश […]
रविलाई बालेनको ब्रिफिङ- सरकारी संयन्त्र पूर्ण परिचालित छन्
१५ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
