व्यवसाय
प्रभावित जलविद्युत् परियोजनामा खोजी तथा उद्धार प्रयास तीव्र
नेपाली सेनाका अनुसार त्रिशूली–३ ‘ए’ मा ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरी खोजी उद्धारको कार्य भइरहेको छ । आज नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित नेपाली सेनाको टोली थप व्यक्तिको खोजीका लागि पावर हाउसतर्फ प्रवेश गरेको छ ।
अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायकलाई नेपालमा प्रवेशको बाटो खुल्यो
१८ भदौ, काठमाडौं । सरकारले भुक्तानी तथा राफसाफ क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय कम्पनीलाई पनि नेपालमा सेवा सञ्चालनको अनुमति दिने तयारी गरेको छ। यसका लागि सरकारले भुक्तानी तथा राफसाफ ऐन, २०७५ संशोधन गर्न विधेयक संसद्मा दर्ता गरेको छ। अर्थ मन्त्रालयले बिहीबार दर्ता गरेको उक्त विधेयकमा विदेशी भुक्तानी सेवा प्रदायक संस्थालाई निश्चित मापदण्ड पूरा गरेपछि नेपालमा कारोबार […]
बाढीपीडितको साथमा दुगड परिवार, १ करोड १ लाख सहयोग
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि दुगड परिवारले १ करोड १ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ। सेञ्चुरी ग्रुपका अध्यक्ष तथा पूर्वमन्त्री मोती दुगडले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। दुगड परिवारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ नगद सहयोग गरेको छ […]
रसुवागढी सुरुङमा कोही नभएको सरकारको दाबी, ड्युटीमा रहेका ३ जना अझै बेपत्ता
१५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजीका क्रममा कोही पनि फेला नपरेको नेपाली सेनाले जनाएको छ। यद्यपि, बाढी आउँदा आयोजनाको भूमिगत विद्युत्गृहमा ड्युटीमा रहेका तीन कर्मचारी अझै सम्पर्कविहीन छन्। नेपाली सेना, आयोजनाका इन्जिनियर तथा ड्रोन टोलीले सुरुङको अन्तिम भागसम्म पुगेर खोजी […]
जेनजी आन्दोलनपछि रसुवा बाढीपीडितलाई पनि बीमा कम्पनीले अग्रिम भुक्तानी गर्लान्?
१४ भदौ, काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको क्षतिका लागि बीमितले अग्रिम भुक्तानी पाउने सम्भावना देखिएको छ। बाढीबाट क्षति पुगेका संरचना तथा सम्पत्तिको पुनर्निर्माण र पुनःस्थापनाको काम अघि बढाउन बीमा दाबीको केही रकम अग्रिम रूपमा उपलब्ध गराउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन्। यसअघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति […]
