विपत्ति सरकारलाई मात्र होइन, सबै एकजुट बनौं : सांसद राई
1 min read

विपत्ति सरकारलाई मात्र होइन, सबै एकजुट बनौं : सांसद राई

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले नागरिकमा सरकारप्रतिको विश्वास कायम गर्न संसद् सञ्चालनमा ल्याउन आवश्यक रहेको बताएका छन्। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राईले बाढी प्रभावितहरूको व्यवस्थापन तथा पुनर्स्थापनालगायतका विषयमा छलफल गर्न संसद् सुचारु हुनुपर्ने बताएका हुन्।

उनले संसद् सञ्चालन गरी राहत वितरण, खोज तथा उद्धार, पुनःस्थापना र पुनर्संरचनाका कामलाई निष्पक्ष तथा प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारसँग आग्रह गरे। विपद्सँग सम्बन्धित विषयहरू संसद्मा उठ्ने र त्यहाँ उठेका विषय तथा सुझावका आधारमा सरकारले समाधानतर्फ अघि बढ्नुपर्ने उनको भनाइ छ।

‘एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने कुरा भएको छ। पुनःस्थापनाको विषय पनि छ। यससँगै भइरहेका अन्य कामहरू पनि निष्पक्ष ढंगले अघि बढाउन सरकारले उच्चस्तरीय समिति गठन गर्नेछ भन्ने अपेक्षा छ। संसद् पनि सुचारु हुनेछ र त्यहाँ यस विषयमा विभिन्न कुरा उठ्नेछन्। संसद्मा उठेका विषयलाई आधार बनाएर सरकार समाधानतर्फ अघि बढ्नेछ भन्ने हाम्रो आशा हो। हामी यस विषयमा परिपक्व पनि छौं,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *