राहतमा जुटे सेलिब्रेटी : कोही खाना पकाउँदै, कोही राहत सामग्री जुटाउँदै
काठमाडौं । सेलिब्रेटी तथा कलाकारले भोढेकोशी बाढीबाट प्रभावित थलोमा पुगेर आफै राहत सामग्री वितरण गर्न थालेका छन् । मिस नेपाल दीपमाला ढकालदेखि गायक दुर्गेश थापा, अभिनेता पल शाह अहिले बाढी प्रभावित नुवाकोटमा छन् । दीपमालाले हामी नेपाल संस्थासँगको सहकार्यमा अहिले नुवाकोटका विभिन्न स्थानमा पुगेर राहत सामग्री बाँडेकी छन् । उनले राहत सामग्री लिएर आफू विभिन्न क्याम्पमा पुगेको बताएकी छन् । पीडितलाई मात्र होइन, उद्वारकर्तालाई पनि आवश्यक रेनकोट र बुट जरुरी रहेको उनको भनाइ छ ।
काठमाडौं । सेलिब्रेटी तथा कलाकारहरू भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा आफैं पुगेर राहत वितरणमा सक्रिय भएका छन्। मिस नेपाल दीपमाला ढकाल, गायक दुर्गेश थापा, अभिनेता पल शाहलगायत कलाकार अहिले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा पुगेर सहयोगमा जुटेका छन्। मिस नेपाल दीपमाला ढकालले ‘हामी नेपाल’ संस्थासँगको सहकार्यमा नुवाकोटका विभिन्न स्थानमा पुगेर प्रभावितलाई राहत सामग्री वितरण गरिरहेकी छन्। राहत सामग्रीसहित विभिन्न क्याम्पमा पुगेकी उनले पीडितसँगै उद्धार तथा राहतमा खटिएका स्वयंसेवकका लागि पनि आवश्यक सामग्रीको व्यवस्था गर्नुपर्ने बताएकी छन्। उनका अनुसार उद्धारकर्तालाई रेनकोट र बुटजस्ता सामग्री पनि आवश्यक छन्।
गायक दुर्गेश थापा नुवाकोटको विदुरलगायत क्षेत्रमा पुगेर बाढी प्रभावितलाई खाद्यान्न तथा लत्ताकपडा वितरणमा जुटेका छन्। उनले आफैं खाना पस्किएर प्रभावितलाई भोजनसमेत गराएका छन्। अभिनेता पल शाहले नुवाकोटको विदुर नगरपालिकास्थित पिपलटारका ४०० घरपरिवारलाई राहत सामग्री उपलब्ध गराएको जानकारी दिएका छन्। उनका अनुसार २०० परिवारलाई सिरक, डसना र तन्ना वितरण गरिएको छ भने अन्य २०० परिवारलाई भित्री वस्त्र, पछ्यौरी, चाउचाउ, बिस्कुट, जीवनजल तथा स्यानिटरी प्याड प्रदान गरिएको छ।
अभिनेत्री प्रियंका कार्कीले आफूलाई प्राप्त भएका लत्ताकपडा तथा आर्थिक सहयोगबाट संकलित सामग्री राहत नपुगेका क्षेत्रमा पुर्याउने तयारी भइरहेको बताएकी छन्। उनले राहत सामग्रीसम्बन्धी भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्। र्यापर भियोमाले पनि नुवाकोटको विदुर पुगेर बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेका छन्। त्यस्तै, गायक एकदेव लिम्बुले एक भ्यानबराबर राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएर तरकारीसमेत वितरण गरेका छन्। ‘आफ्नो तर्फबाट सकेको सानो सहयोग गरेर फर्किँदा मनमा छुट्टै आनन्द महसुस हुने रहेछ,’ लिम्बुले सामाजिक सञ्जालमा लेखेका छन्।
गायिका समीक्षा अधिकारीले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत रसुवा बाढीका पीडितका लागि राहत सामग्री उपलब्ध गराएको जानकारी दिएकी छन्। कन्टेन्ट क्रिएटर इभा गिरी पनि बाढी प्रभावित क्षेत्रमा पुगेर राहत वितरणमा सक्रिय भएकी छन्। उनले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै औषधि, खाद्यान्न, लत्ताकपडालगायत आवश्यक सामग्री वितरण गर्न लागेको जानकारी दिएकी छन्। गोसाइँकुण्ड दर्शनका क्रममा रहेकी अभिनेत्री ऋचा शर्माले त्यहाँ बाढीका कारण अड्किएका सर्वसाधारण, विशेषगरी महिला तथा बालबालिकाका लागि लत्ताकपडाको आवश्यकता रहेको बताउँदै सहयोगका लागि अपिल गरेकी छन्। यसैबीच, अन्य कलाकारहरूले पनि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आफ्नो क्षमताअनुसार आर्थिक सहयोग उपलब्ध गराएको जानकारी दिएका छन्।
